कञ्चनपुरमा १ लाख ६९ हजार मुल्यका अबैध समान बरामद

कञ्चनपुरमा १ लाख ६९ हजार मुल्यका अबैध समान बरामद

कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले अबैध समान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भिमद्धत्त नगरपालीका ४ बाट अवैध रुपमा भन्सार छलीगरी ल्याईएका वेवारीसे अबैध समान बरामद गरेको हो।

१ लाख ६९ हजार २ सय मुल्यका जुत्ता,मिठाई र लेदरका झोला बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बिशेष सुराकीको आधारमा बरामद गरेका उक्त अबैध सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको बताएको छ।