कञ्चनपुरमा माटोको ढिस्कोले च्यापीएर एक महिलाको मृत्यु

कञ्चनपुरमा माटोको ढिस्कोले च्यापीएर एक महिलाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा माटोको ढिस्कोले च्यापीएर एक महिलाको मृत्यु भएको छ। बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ५ की इश्वरी खड्काको माटोको ढिस्कोले च्यापीएर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जनाएको छ। उनी नेपाल पूर्व प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक (सई) रामबहादुर खड्काकी धर्मपत्नी पनी हुन्।यद्धपी घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जनाइएको छ ।