सामाजिक सञ्जालमा गालिगलौजको सामना गरिरहेकी युवतीसँग रवि लामिछानेले मागे माफी

सामाजिक सञ्जालमा गालिगलौजको सामना गरिरहेकी युवतीसँग रवि लामिछानेले मागे माफी

काठमाडौं । आफ्नो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा नकारात्मक गालिगलौज सामना गरिरहेकी युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भेटेर माफी मागेका छन् ।

चितवन २ को उपनिर्वाचनको क्रममा केही युट्युब च्यालनलमा अन्तर्वार्ता दिँदा बोलेका शब्दलाई लिएर युवतीमाथि रास्वपा समर्थकहरूले अश्लील गाली गर्नुका साथै व्यङ्ग्य गरेका थिए ।


यसपछि मानसिक पीडा भोगेकी युवती र उनको परिवारलाई बुधबार भेट्दै लामिछानेले गाली गर्नेहरूको तर्फबाट आफूले माफी मागेका हुन् ।

तपाईँ छोरी जस्तो, बहिनी जस्तो मान्छे । तपाईँलाई कति नराम्रो भने, मेरा लागि त्यो राम्रो कुरा होइन, लामिछानेले भने, आफूलाई लागेको कुरा यसरी नै व्यक्त गर्नू । राजनीतिमा मन नपरेको मानिसलाई मज्जाले गाली गर्न पाइन्छ ।

उनले अगाडि भने, ुुमैले भनेर कसैले गाली गरेको होइन, जसले गरेपनि मैले माफी माग्छु ।

भिडिओ बाहिरिएपछि धेरै तिरबाट नकारात्मक कुरा आइरहेको सुनाउँदै युवतीकी आमाले यसबाट आफ्नो छोरीले मानसिक यातना भोगेको सुनाइन् । साथै गाली गर्ने व्यक्तिहरू विरुद्ध प्रहरीकहाँ उजुरी दिन छलफल गरिरहेको समेत उनले बताएकी छन् ।