प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजयी कैलालीलाई पुरुस्कार हस्तान्तरण

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजयी कैलालीलाई पुरुस्कार हस्तान्तरण

धनगढी । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको कैलालीलाई ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दिपक वहादुर सिहले एक कार्यक्रम बिच कैलालीका अध्यक्ष ललित खत्रीलाई ट्रफि र २५ हजार हस्तान्तरण गरेका हुन ।

सुदूरपश्चिमका बिभिन्न जिल्लामा भएका खेलमा कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको थियो । 

ट्रफि बुझ्दै कैलाली जिल्ला अध्यक्ष खत्रिले खेलाडीको मेहनत र लगनशीलताले गर्दा नै पहिलो भएको बताए । खेलाडी माथि हुने राजनितीका कारण बिगतका बर्षमा कम मेडल पाउने गरेको बताउदै उनले अबका दिनमा खेलकुदमा राजनिति बन्द गर्ने बताए । 
सदस्य सचिव सिहले सुदूरपश्चिमको खेलकुद बिकासका लागि सधै लागि रहने प्रतिबद्धता ब्यक्त गरे । सुदूरपश्चिम खेलाडी उत्पादन गर्ने उर्वर भुमि रहेको बताउँदै उनले देशको खेलकुद सुदूरपश्चिमले धानेको बताए । 

यस्तै प्रतियोगिमा दोस्रो हुने कन्चनपुर र तेस्रो हुने डडेल्धुरालाई पनि ट्रफि र नगद पुरुस्कार हस्तान्तरण गरको छ । ट्रफिसगै कन्चनपुरले नगद १५ हजार र डडल्धुराले नगद १० हजार प्रदान गरिएको हो । 

कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको थियो भने डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको थियो ।