१३ जना महानिरीक्षकहरु पदस्थापन

१३ जना महानिरीक्षकहरु पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन भएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बाट डिआइजीमा बढुवा भएका १३ जना प्रहरीको बुधबार पदस्थापन गरेको हो। 

डिआइजी कुवेर कडायतलाई प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ। 

केदार ढकालको आर्थिक प्रशासन विभाग तथा प्रबन्ध निर्देशनालय, विष्णुकुमार केसीको अन्वेषण तथा योजना निर्देशनालय, भरत बोहराको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र रविन्द्र केसीको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको हो।

राजेशनाथ बाँस्तोलाले कोशी प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्।

चन्द्रकुवेर खापुङको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जनक भट्टराईको मधेश प्रदेश, लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय र सुरेन्द्र मैनालीको अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापन गरिएको छ। 

यस्तै साइबर ब्युरोमा सरूवा भएर अर्जुन चन्दलाई काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन गरिएको हो। 

केन्द्रीय अनुसन्धान ब्युरोमा यज्ञविनोद पोखरेल र कार्य विभागमा विकासराज खनाललाई जिम्मेवारी दिएको छ।