थ्रिस्टार बराबरीमा रोकियो

थ्रिस्टार बराबरीमा रोकियो

काठमाण्डौँ । शहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टार बराबरीमा रोकिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रिस्टार मछिन्द्र फुटबल क्लवसँग गोलरहित बराबरीमा रोकिएको छ ।

निर्धिारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भएका हुन् । बराबरीसँगै थ्रिस्टार एक अंक जोड्दै १२ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यो बराबरीसँगैे थ्रिस्टारले शिर्षस्थानमा उक्लने मौका गुमाएको छ । मछिन्द्रको समान खेलबाट १७ अंक रहेको छ ।