यातायात समिति गरे सम्पति विवरण बुझाउन अटेर

यातायात समिति गरे सम्पति विवरण बुझाउन अटेर

धनगढी : कैलालीका यातायात समितिले जिल्ला प्रशासन कार्यालयलाई चल अचल सम्पतिको विवरण बुझाउन अटेर गरेका छन । 

चल अचल सम्पति तथा दायित्व यकिन विवरण बुझाउन सुचना प्रकाशित गरेको १७ दिन सम्म पनि यातायात समितिले विवरण बुझाउने संकेत समेत देखाएका छैनन । 

जिल्ला प्रशासन कार्र्यालयका अनुसार यातायात समितिहरुले सम्पति तथा दायित्वको यकिन विवरण बुझाउने सन्द्रर्भमा अनौपचारिक रुपमा समेत जानकारी गराएका छैनन् । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यादव बहादुर भण्डारीले सुचना प्रकाशन भएको लामो समय भएपनि यातायात समितिले हाल सम्म सम्पति विवरण नबुझाएको बताए ।

सरकारले यातायात समितिलाई खारेज गरेर कम्पनिमा लैजाने निर्णय गरेको छ । ऐन अनुसार सार्र्र्वजनिक संघ सस्था खारेज भएपछि ती संस्थाको चल अचल सम्पति स्वत नेपाल सरकारको हुन्छ ।
सोही अनुसार यातायात समितिहरुले आफुसँग रहेको चल अचल सम्पति नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ। 

तत्कालीन सुदुपश्चिम यातायात व्यावसायीसघका अध्यक्ष पदमराज सापकोटाले जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सुचना अनुसार सम्पति विरण बुझाउने तयारी गरी रहेको जानकारी दिए । 

तर सरकारले यातायात व्यवसायीहरुको सम्पती यातायात व्यवसायीले चलाउने गरि यातायात दर्ता प्रक्रिया अघि बढाउनु पर्ने उनले माग गरे । 

जिल्ला प्रशासन कार्यालय कैलालीले गत साउन १८ गते यातायात समितिहरुलाई चल अचल सम्पति तथा दायित्व यकिन विवरण बुझाउन ३५ दिन सुचना निकालेको थियो। 

सोही सुचना अुनसार सम्पतिको विवरण नबुझाए गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल चाल्ने सुचना अधिकृत भण्डारीले बताए ।