राष्ट्रपति पौडेलको स्वास्थ्य क्रमिकरूपले सुधारोन्मुख

राष्ट्रपति पौडेलको स्वास्थ्य क्रमिकरूपले सुधारोन्मुख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचार जारी रहेको जानकारी दिँदै राष्ट्रपतिको निजी सचिवालयले सो जानकारी दिएको हो । 

राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख छ । उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएका छन् ।’’

छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको हो ।