आईपीएल क्रिकेटः कोलकाताले बेङ्लोरलाई २१ रनले हरायो

आईपीएल क्रिकेटः कोलकाताले बेङ्लोरलाई २१ रनले हरायो

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लोरलाई हराएको छ ।

गएराति बेङ्लोरकै घरेलु मैदानमा कोलकाता २१ रनले विजयी भयो । कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेङ्लोरले ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५४ र महिपाल लोमरोरले ३४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले ३ तथा आन्द्रे रसेल र सुयश शर्माले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताका लागि ज्यासन रोयले ५६ र नितिश राणाले ३८ रन बनाए । बलिङतर्फ बेङ्लोरका विनिन्दु दी हसरंगा र विजयकुमार वयशकले २र२ विकेट लिए ।

बेङ्लोर आठ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा र ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ ।