भौतिक पूर्वाधार मन्त्रालयद्धारा ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज

भौतिक पूर्वाधार मन्त्रालयद्धारा ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ।

बिहीबारको गोरखापत्रका सूचना प्रकाशित गर्दै मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि इजाजतपत्र लिएर नविकरण नगर्ने ३३ निर्माण व्यवसायी कम्पनीले  इजाजतपत्र स्वतः खारेज गरिएको जानकारी दिएको छ।  

निर्माण व्यवसाय ऐन, २०५५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९र२०८० का लागि चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेका कारण सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम निर्माण व्यवयसाय इजाजतपत्र स्वत खारेज गरिएको मन्त्रालयले जनाएको छ।