सौन्दर्यता बढाउन ६ लेनको सडकमा बोटबिरुवा

सौन्दर्यता बढाउन ६ लेनको सडकमा बोटबिरुवा

धनगढी । मोहना पुल(अत्तरिया सडक खण्डमा बिभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन्। उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन ।

मोहना पुलदेखि धनगढी एयरपोर्टसम्मको ६ लेन सडकमा वृक्षरोपण गरिएको र बिरुवा संरक्षणका लागि दुवै तिरबाट तारजाली लगाउने कार्यसमेत भएको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४ हजार बोटबिरुवा रोपिएको हो ।