कञ्चनपुरको गणपति कन्स्ट्रकसनसहित नौ कम्पनिलाई सरकारले कालो सूचिमा राख्ने

कञ्चनपुरको गणपति कन्स्ट्रकसनसहित नौ कम्पनिलाई सरकारले कालो सूचिमा राख्ने

धनगढी । कञ्चनपुरको गणपति कन्स्ट्रकसनसहित नौ कम्पनिलाई सरकारले कालो सूचिमा राख्ने पक्रिया अघि बढाएको छ ।

शुक्लाफाँटा नगर कार्यपालिकोको सिफारिसमा आपुर्तिकर्ता गणपति कन्स्ट्रकसनलाई कारबाही नगर्नेबारे सरकारले कारण साधेको छ ।

समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुनस् ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा पर्ने छन् ।