बैतडीमा बालिकामाथि बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

बैतडीमा बालिकामाथि बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

बैतडी । बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिका–१ का एक वृद्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख कमल चौधरीले बताए ।

आरोपित र पीडित बालिकाको थर एउटै भएकाले नाम सार्वजनिक गर्ने नमिल्ने प्रहरीले जनाएको छ । बोल्न नसक्ने ती बालिकामाथि पुस महिनामा बलात्कार भएको बुझिएको छ ।

बालिकालाई घटनाबारे बोले ज्यान मार्ने धम्कीसमेत दिएकाले ढिलोगरी घटना सार्वजनिक भएको बताइएको छ ।

घटनापछि बालिकालाई सोधपुक्ष गर्दा उनले ती वृद्धतिर संकेत गरेकी थिइन् । त्यसपछि आमाले दिएको जाहेरी अनुसार पक्राउ गरी वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।