लागुऔषधसहित झापाबाट ३ जना पक्राउ

लागुऔषधसहित झापाबाट ३ जना पक्राउ

झापा । लागुऔषधसहित झापाबाट ३ जना युवक पक्राउ परेका छन् ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षाका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् । 

उनीहरुको साथबाट लागूऔषध खैरो हेरोइन ७० ग्राम फेला परेकोले ३ जनालाई नै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान  सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।