सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि फिल्म फेस्टिभल सुरु

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि फिल्म फेस्टिभल सुरु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि फिल्म फेस्टिभल हुने भएको छ। नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो। नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले बिहीबार पत्रकार सम्मलेन गरी शुक्रबारदेखि तीन दिन महोत्वस हुन लागेको जानकारी दिएको छ ।

नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गर्ने बताए। 

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली) र जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक) फिल्म प्रदर्शन हुनेछ।

यस्तै इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्याण्ड, यूके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्याण्डस्) प्रदर्शन हुनेछ। महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन हुनेछ।