एसपीएले सुरु गर्यो पाँच सय मिटर सरसफाई अभियान

एसपीएले सुरु गर्यो पाँच सय मिटर सरसफाई अभियान

धनगढी । एसपीए कलेजले शुक्रबारबाट ५०० मिटर सरसफाई अभियान सुरु गरेको छ । हरेक संघसंस्था वा कार्यालयले आफ्नो वरिपरिको ५०० मिटरमात्रै सफा राखिदिने हो धनगढीलाई सफा सुग्घर बनाउँन सकिन्छ भन्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको हो । 

एसपीए कलेजको प्रांग्रणबाट सुरु भएको सरसफाई कार्यक्रम सन्तोषी टोलका सडक, गल्लीहरु हुँदै पुनः कलेजमा आइ टुंग्गिएको थियो । सरसफाई कार्यक्रममा झण्डै २०० बढी विद्यार्थीहरु, प्राध्यापकहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सफा समुदाय, स्वाथ्य जीवन भन्ने नाराका साथ हामीले उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको ग्रीन क्लब अफ एसपीएका अध्यक्ष विद्यार्थी सुनिल भण्डारीले बताए ।

ग्रीन क्लिन धनगढीसँगको समन्वयनमा गरिएको उक्त कार्यक्रमलाई धनगढीका अरु शैक्षिक संस्था र कार्यालयहरुमा अभियानका रुपमा विस्तार गरिने ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए । 

हाल ग्रीन क्लिन धनगढीले विभिन्न संस्था र कार्यालयहरुमा ग्रीन क्लब गठन गरिसकेको छ । ५०० मिटर सरसफाई अभियानलाई प्रत्येक हप्ता हरेक संघसंस्थाबाट गर्ने लक्ष्य रहेको छ । 
May be an image of 14 people, plant, picnic and textMay be an image of 6 people, poster, banner, plant and text that says 'सफा समुदाय, स्वस्थ जीवन नोट: एसपिएको वरपर ५०० मिटर मित्र सफा राख्ने जिम्मेवारी हामी लिन्छौ GREEN CLEAN hangadhi Clubo SPA'May be an image of 10 people and text that says 'T SPA COLLEGE'May be an image of 10 people and text that says 'T SPA COLLEGE'