बैतडीमा किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

बैतडीमा किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

बैतडी । बैतडीमा १५ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा २२ बर्षीय युवक पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाका ती युवकले भतिजी नाता पर्ने बालिकामाथि करणी गरेको आरोप लागेको हो ।

आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए ।

गएको पुस १५ मा घटना भएपनि चैत अन्तिम साता मात्रै प्रहरीमा निवेदन आएको र त्यसपछि युवकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरोपितलाई पक्राउ गरेर अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । पीडित पक्षले पीडकलाई कानुन अनुसार कारवाही गर्न माग गरेको छ ।