धनगढीमा बुवाले छोरालाई इँटा प्रहार गर्दा मृत्यु

धनगढीमा बुवाले छोरालाई इँटा प्रहार गर्दा मृत्यु

धनगढी । कैलालीमा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ६ मट्यारी  बस्ने वर्ष ४७ का महेश कुमार चौधरीले आफ्नै छोरा वर्ष २१ को अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा उनको मृत्यु भएको हो ।  

आज दिउँसो १२ः १५ बजे घरदेखि १५० मिटर टाढा जंगलमा इँटाले टाउकोमा प्रहार गर्दा अर्जुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमको कमान्डमा टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा एसओ सिओ टोली समेत खटिएको छ । 

महेश कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए ।