मोहना अत्तरिया ६ लेन डक आयोजनामा योजना प्रमुख नहुँदा निर्माण कम्पनीको भुक्तानी रोकियो

मोहना अत्तरिया ६ लेन डक आयोजनामा योजना प्रमुख नहुँदा निर्माण कम्पनीको भुक्तानी रोकियो

मोहना पुल देखि अत्तरिया सम्म निर्माण भइरहेको ६ लेन सडकमा निर्माण सम्पन्न भइसकेको कामको भुक्तानी आयोजना प्रमुख नहुँदा एक महिना देखि  रोकिएको छ ।

भुक्तानी नपाएका कारण निर्माण कम्पनी नागार्जन कन्ट्रक्सनले काममा बिलम्ब गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । निर्माण कम्पनीले काममा ढिलाई गर्दा आफुहरु सडकमा गाडी गुड्दा उड्ने धुलोका कारण समस्यामा परेको उनीहरुले बताएका छन् ।

निर्माण कम्पनीसित काम छिटो गर्न भन्न जाँदा आफुले निर्माण सम्पन्न गरिसकेको कामको रकम भुक्तानी नपाएका कारण थप काम अगाडी बढाउन रकम अभाव भएको कम्पनीले जवाफ दिएको स्थानीयले बताएका छन् । काम रोकेपछि स्थानीयहरु बिहीबार आयोजनाको कार्यालयमा सोधपुछका लागि पुगेका थिए ।

कार्यालय प्रमुख सुरेश वाग्ले एक महिना अघि सरुवा भएपछि नया आयोजना प्रमुख नआएका कारण निर्माण कम्पनीको भुक्तानी रोकिएको र भुक्तानी रोकिदैमा कम्पनीले काम छाड्न र रोक्न नपाउने ६ लेन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर खगेन्द्र बहादुर शाहीले बताउनुभयो ।

नया आयोजना प्रमुखका रुपमा डिभिजन सडक कार्यालय साँफेबगरबाट डिभिजनल इन्जिनियर होमबहादुर अधिकारी सरुवा भएर आउनुभएको छ । कार्यालयमा पुग्ने बित्तिकै सडक बिभागले आयोजना गरेको एक कार्यक्रममा भाग लिन सुर्खेत जानु परेपछि कार्यालय प्रमुख अधिकारीले हालसम्म कार्यालयमा काम गर्न पाउनुभएको छैन् ।

कार्यालय प्रमुख दुई दिनमा धनगढी पुग्ने र त्यसपछि निर्माण कमपनीको भुक्तानी प्रक्रिया अगाडि बढ्ने कार्यालयका निमित्त प्रमुख समेत रहनुभएका इन्जिनियर शाहीले बताउनुभयो ।

निर्माण कम्पनी नार्गाजुन कन्ट्रक्सनका साइट इन्जिनियर बिश्वम्भर यादवले भुक्तानी प्राविधिक कुा भएकेले भुक्तानी नहुँदा आफ्नो कम्पनीले काम नरोकेको बताउनुभयो ।

उहाँले निमा सडकमा यातायातका साधनको चाप बढी हुने गरेका कारण आफुहरुले दिनमा काम रोकेर रातिको समयमा काम गरिरहेको बताउनुभयो । नागार्जुन कन्ट्रक्सनले ६ लेन सडकमा मोहना पुल देखि बोराडाँडीसम्मको खण्डमा काम गरिरहेको छ ।