बाजुरामा भूकम्पले १ सय ५६ भन्दा बढी घरमा क्षति

बाजुरामा भूकम्पले १ सय ५६ भन्दा बढी घरमा क्षति

बाजुरा । बाजुराको ढम्कने र हिमालीमा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण जिल्लाका १ सय ५६ भन्दा बढी घरमा क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार जगन्नाथ गाउँपालिकमा ५७ घर, हिमाली गाउँपालिका– २ का २८, बुढीनन्दा–३ मा २१, त्रिवेणी नगरपालिका–२ सिम्लामा ३९ घर र त्रिवेणी नगरपालिका–१ छताराका वटा ४ घरमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविसिंह बोहराका अनुसार हिमाली गाउँपालिका वडा नं १ विच्छ्याँका खड्क थापाको घर भत्केको छ । उनले परिवार अहिले छिमेकी बलेन्द्र थापाको घरमा बसेका छन् । बिच्छ्याँ मावि, बुढीनन्दा नगरपलिका वडा नं.२ कोल्टीका धु्रवराज रेग्मीको घर पूर्ण रूपमा क्षति हुँदा उनको परिवार आफन्तको घरमा बसेका छन् । बुढीगंगा नगरपािलका वडा नं ४ बानेगाउँका पद्मा सार्कीको दुईतले घर पूर्ण रूपमा क्षति भएको बताइएको छ ।

त्यसै गरी हिमाली वडा नं.५ बछ्यामा मन्दिर भत्केको स्थानीय उमेश भण्डारीले जानकारी दिएका छन । बिहीबार राति गएको भूकम्पले मानवीय क्षति भने नभएको तर घर संरचना भत्केको विवरण प्राप्त भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

गत मागमा गएको भूकम्पका कारण एक जना महिलाको ज्यान गएको थियो भने दर्जनौं भेडाबाख्रा पहिरोमा परी मरेका थिए । २ सय ५० भन्दा बढी परिवारको घरमा क्षति भएको थियो । त्यतिखेर घर भत्किएपछि गौमूल र हिमाली गाउँपालिकाका केही परिवार अहिले पनि त्रिपालको सहारामा रात काट्न बाध्य छन् ।