महाकाली भन्सार कार्यालयमा  छैनन् दरबन्दी अनुसारका कर्मचारी

महाकाली भन्सार कार्यालयमा  छैनन् दरबन्दी अनुसारका कर्मचारी

बैतडी । बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटमा दरबन्दी अनुसारका कर्मचारी छैन्न।  ११ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा अहिले ५ जना कर्मचारी कार्यरत छन्। भारत संग सीमा जोडिएको भन्सार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्य  सम्पादनमा समस्या हुने गरेको छ ।

दुई जना खरिदार, दुई जना नायब सुब्बा, एकजना लेखापाल, एक जना कम्प्युटर अपरेटर र ५ जना कार्यालय सहयोगीहरुको दरबन्दी रहेको भन्सार कार्यालयमा अहिले एक जना कार्यालय प्रमुख, लेखापाल र तिन जना कार्यालय सहयोगी मात्रै कार्यरत रहेका कार्यालय प्रमुख अनलि कुमार झाले बताए ।

भन्सार कार्यालय जस्तो महत्वपूर्ण अड्डामा कर्मचारी नहुँदा समस्या हुने गरेको  छ ।