भूकम्प प्रभाबितका लागी रेडक्रसद्धारा अस्थायी आवास निर्माण

भूकम्प प्रभाबितका लागी रेडक्रसद्धारा अस्थायी आवास निर्माण

कर्ण चन्द / डोटी । नेपाल रेडक्रस सोसाइटीद्धारा डोटी जिल्लाको पुर्बिचौकी गाउँपालिकामा भूकम्प प्रभाबितहरुका लागी दुई सय ३३ अस्थायी आवास निमार्ण गरेको छ । ०७९ कार्तिक २२ गते ६.६ रेक्टरस्केलको भूकम्पका कारण बिस्थापित परिवारका लागी अस्थायी टहरा निर्माण गरिएको नेपाल रेडक्रस डोटीका सभापती खडक खड्काले बताए ।

भूकम्पका कारण जिल्लाको पुर्बिचौकी गाउँपालिका र सायल गाउँपालिकामा स्थानीय बढी प्रभाबित भएका थिए । ट्रस, टिन तथा स्थानिय समाग्रीको प्रयोग गरेर अस्थायी आबास निमार्ण गरिएको हो । पुर्णरुपमा घर भत्कीए पछि ६ महिनादेखी त्रिपालमा बस्दै आएकाका परिवारहरु अस्थायी टहरा निमार्ण भए पछि अस्थायी घरमा सरेका छन् ।

प्रभाबित परिवारको खातामा अस्थायी आवास निमार्णका लागी ७३ हजार ६ सय, पोषण तथा तत्कालिन आवश्यक खर्चका लागी पन्ध्र हजार र हेन्ड वास स्टेसन निमार्ण वाफत चार हजार , शौचालयका लागी दश हजार प्रदान गरिएको रेडक्रस डोटी शाखाका महामन्त्री सुवास श्रेष्ठले बताए । श्रेष्ठले भने ‘अन्य सबै रकम कार्य सम्पन्नका आधारमा उहाँहरुकै खातामा भुक्तानी दिएको छ, हेन्ड वास स्टेसन निमार्णको भुक्तानी कामको आधारमा भईरहेको छ, यो रकम धेरै जनाले लिन बाँकी छ ।’

त्रिपालमुनीका कष्टकर दैनिकीबाट अस्थायी टहरामा खर्न पाउँदा प्रभाबितहरुले खुसी ब्यक्त गरेका छन् । हिउँदको चिसोमा कठ्याङग्रीएर त्रिपालमा बस्नु परेका स्मरण गर्दैै गणे भूल भन्छन् ‘हामीलाई ६ महिना धेरै लामो समय जस्तो लाग्यो धेरै कस्ट भयो कम्तीमा अब अस्थायी भए पनि आवास बन्यो खुसि लाग्यो ।’

राज्यले आफ्नो पिडाप्रति वास्ता नगरेको प्रभाबितहरुले गुनासो गरेका छन् । स्थानीय धनी बोहराले भनिन् ‘ अहिलेसम्म सरकारका तर्फबाट हाम्रा लागी ठोस काम गरेको हामीलाई अनुभुती भएको छैन्, सरकारले हाम्रो कुरा सुन्न पर्यो ।’

प्रभाबित परिवारहरुका लागी बिभिन्न गैर सरकारी संस्थाहरु अस्थायी आवास निमार्णको कार्य जारी रहेको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष रामप्रशाद उपाध्यायले बताए । उपाध्यायले भने ‘ नेपाल रेडक्रशले गर्ने निमार्ण भनिएको अस्थायी टहरा निर्माण सम्पन्न भएका छन् अन्य गैर सरकारी संस्थाहरुले पनि निमार्ण कार्य जारी राखेका छन् ।’ उनले थपे ‘ हामीले भूकम्प प्रभाबितहरुलाई पुर्नस्थापनाका लागी प्रदेश सरकार र संघिय सरकारसंग अपिल गरेका छौँ । आशा गरौँ नयाँ बजेटमा समाबेश हुनेछ ।’

भूकम्पका कारणबाट डोटी जिल्लामा झण्डै एक हजार आठ सय घरहरु बस्ने नमिल्नेगरी चर्किएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए । उनले भने ‘ लगभग धेरै घरहरु चर्किएका छन् एक हजार आठ सय घर त बस्नै नमिल्नेगरी चर्किएका छन् जिल्लाभरका भूकम्प प्राभाबितहरुको बिवरण एकिनगरी सम्बन्धीत ठाउँहरुमा पठाएका छौँ यसका लागी आवश्यक पहल हुन्छ ।’

निर्माण गरियका अस्थायी आवासको अनुगमन

जिल्ला शाखा डोटीले भुकम्प प्रभावित क्षेत्रमा अनुगमन गरेको छ । शुक्रबार जिल्ला स्थित सरोकारवालाहरुको संयुक्त टोलिले भुकम्प प्रभावित बस्ती गैरागाउमा अनुगमन गरेको हो ।

डोटीको पुर्वीचौकी गाउँपालिका वडा न ३ गैरागाँउमा गत कार्तिक २३ गते गएको भुकम्पका कारणले घरहरू भत्किएपछि संस्थाले अस्थायी टहरा निर्माण गरेको थियो । प्रभावित बस्तीहरूमा आफूले अस्थायी टहरा निर्माण गरेको क्षेत्रमा सरकारवाला समक्ष अनुगमन गरेको रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीका मन्त्री सुबास श्रेष्ठले जानकारी दिनुभएको छ । संघ, प्रदेश, स्थानीय सरकार भन्दा जिल्लामा सक्रिय गैरसरकारी संस्थाले भुकम्प प्रभावित क्षेत्रमा व्यवस्थापनमा जोड दिएको स्थानियको भनाइ छ । नेपाल सरकारको ध्यानाकर्षण नहुँदा अस्थायी टहरामा विभिन्न समस्या खेप्नु परेको प्रभावित समुदायको जानकारी दिएको छ ।