बाजुरामा ४ बर्षमा २ सय १३ जोडीले गरे बाल विवाह

बाजुरामा ४ बर्षमा २ सय १३ जोडीले गरे बाल विवाह

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकाको वडा नम्मर ९ र १० मा गरी आर्थिक बर्ष २०७६ देखी २०७९ चैत मसान्त सम्म २ सय १३ बाल बिहाह भएको पाइएको छ । बुढिगंगा नगरपालिकाको ९ मा ८० बालबिबाह र १० मा १ सय ३३ जोडीले बाल बिबाह गरेको साहस नेपाल लिप्ट परियोजनाले तथ्याकं सार्बजनिक गरेको छ । राष्ट्रिय समस्याको रुपमा रहेको बाल विवाह बाजुरामा अझ जटिल समस्याको रुपमा रहेको देखीन्छ ।

वडा न ९ मा २०७६ देखी २०७९ चैत्र मसान्तसम्म जम्मा १ सय ५४ बिबाह भएकोमा ८० जोडीले बाल बिबाह गरेको पाईएको छ । सो वडामा ७४ जोडीले उमेर पुगेर बिबाह गरेको बाजुरामा संचालित गैर सरकारी संस्था साहस नेपालको लिप्ट परियोजनाले निकालेको तथ्याकंमा उल्लेख गरिएको छ ।

वडा न ९ को समन्वय तथा साहस नेपालको लिप्ट परियोजना र पिसवीन बाजुराको गुड नेर्भस परियोजनाले २०७६ देखी २०७९ चैत्र सम्मको सर्बेक्षणमा वडा नम्मर ९ को सेरालवाडामा २४ ओटा बाल बिबाह भएको जनाएको छ । त्यसै गरी सोही वडाको बासुरेमा १६, किमगाउँमा २, काप्रितोलामा ८ डुङग्रीतोलामा १२ जुवापानीमा १४ र बजेडीमा ४ गरी ८० ओटा बाल बिबाह गरेको तथाङ्कमा उल्लेख गरिए छ ।

त्यस्तै वडा न १० को समन्वय तथा साहस नेपालको लिप्ट परियोजना र पिसवीन बाजुराको गुड नेर्भसले २०७६ देखी २०७९ चैत्र सम्मको सर्बेक्षणमा बदेडा टोलमा १०, मेलापाखा २४, तिमाडामा २६, सिगाडामा ५५ र देउमाण्डौमा १८ गरी १ सय ३३ जोडीले बाल बिबाह गरेको पैरवी तथा क्षेमता बिकास सहजकर्ता बुढाले बताएकी छन । सो वडामा ४ बर्षमा २ सय २८ बिबाह भएका मध्य ९५ जोडीले उमेर पुगेर बिबाह गरेको छन भने १ सय ३३ जोडीले बाल बिबाह गरेको पाईएको बुढाले बताइन ।

शरीरिक र मानसिक रुपमा परिपक्क नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागी उमेरको हदबन्दी तोकिएको भए पनि लागु गर्न समस्या भएको बुढाले बताइन । यस्तो समस्या शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा यस्तो समस्या बढी हुने गरेको पाइन्छ । अभिभाकहरुले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा विवाह गर्ने गरेको पाइन्छ ।

कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास बालविवाहको मुख्य कारण बनेको अभियान्ताहरु बताउछन । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुनु जस्ता कारणले बालविवाह रोक्न सकिएको छैन् । यता  बुढिगंगा नगरपालिका वडा नम्मर ९ र १० ले यो आर्थिक बर्ष देखी बिबाह गर्ने जोडीले वडाको पुर्व स्विकृती लिनुपर्ने कार्डमा बिबाह गर्ने जोडीको उमेर अनिबार्य उल्लेख गर्ने जस्ता नियम बनाएको सार्बजनिक सुचनामा उल्लेख गरिएको छ  ।