धनगढीकी युवती बेलौरीमा पक्राउ

धनगढीकी युवती बेलौरीमा पक्राउ

धनगढी ।  कञ्चनपुरको बेलौरीबाट एक युवती लागुऔषध सहित पक्राउ परेकी छन्।

बेलौरी नगरालिका–६ नकैयाबाट ५६ मिलिग्राम लागुऔषधसहित धनगढीकी सन्ध्या चौधरी पक्राउ परेकी हुन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोककी २० वर्षीया सन्ध्यालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई लागुऔषधसहित पक्राउ गरिएको बताइएको छ।