गिट्टीको थुप्रोमा  भेटियो मान्छेको टाउको

गिट्टीको थुप्रोमा  भेटियो मान्छेको टाउको

बैतडी । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो ।

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो ठाउँमा टाउकोको कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ ।

गिट्टी कहाँबाट ल्याएको हो भन्ने कुरा खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताएका छन ।