यार्सागुम्बा टिप्न गएकी एक महिलाको मृत्यु

यार्सागुम्बा टिप्न गएकी एक महिलाको मृत्यु

दार्चुला । यार्सागुम्बा टिप्न गएका बेला दार्चुलाको व्यासँ गाउँपालिका–३ सल्याडीकी ३२ वर्षीया रिउली डडालको भीरबाट लडेर मृत्यु भएको छ ।

डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताएका छन । उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते आफ्ना श्रीमानसँगै गएकी थिइन् ।

लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ ।