अछामको ढकारीमा भिरबाट लडेर एकजनाको मृत्यु

अछामको ढकारीमा भिरबाट लडेर एकजनाको मृत्यु

अछाम। भिरबाट लडेर अछामको ढकारीमा एकजनाको मृत्यु भएको छ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीया याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । 

शनिबार सैनबजारबाट बलाता जाने क्रममा नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका थिए । 

उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ।