अत्तरियामा खुल्यो चिकेन स्टेशन

अत्तरियामा खुल्यो चिकेन स्टेशन

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नं। १ मा चिकेन स्टेशन सञ्चालनमा आएको छ । धनगढी अत्तरिया ६ लेन सडक अन्तगर्त अत्तरिया बजारबाट करिब डेढ किलोमिटरको दुरीमा विभिन्न सेवासुविधा सहित चिकेन स्टेशन सञ्चालनमा आएको हो ।

अत्तरियाक्षेत्रका व्यवसायीद्धय किसन भाट र तारा दत्त जोशीले सञ्चालनमा ल्याएको उक्त चिकेन स्टेशनको सोमबार नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले गोदावरीमा व्यवसाय खुल्ने क्रम बढ्नु राम्रो भएको बताए । उनले नगरको विकास र यहाँको समृद्धिका लागी व्यवस्थीत तरिकाले बजारको वृद्धि हुनु पनि उचित रहेको बताए ।

पारीवारिक वातावरणमा सबैले बसेर विभिन्न खाजा नास्ताहरु खान मिल्ने गरि सञ्चालनमा ल्याईएको चिकेन स्टेशनले अत्तरियाबासीहरुलाई बाहिर नगई अत्तरिया क्षेत्रमै खर्च गर्ने माहोल सृजना गर्ने समेत उनले बताए । उनले खानपिन स्वास्थ्यसँग जोडिएकाले स्वस्थ खानेकुरामात्रै खानुपर्ने बताए । ग्राहकलाई स्वस्थ खानेकुरा प्रदान गर्ने कुरामा कम्प्रोमाईज नगर्न उनले सञ्चालकलाई आग्रह गरे ।

यस्तै चिकेन स्टेशनका सञ्चालक तारा दत्त जोशीले चिकेन स्टेशनको फ्रेन्चाईजी काठमाण्डौबाट ल्याएर आफुहरुले अत्तरियामा सञ्चालन गरेको बताए । उनले ५०/५५ जना अट्न सक्ने खालको रेष्टुरेन्ट तयार गरेको र अझै यसलाई विस्तार गर्ने योजना रहेको बताए ।

उनले स्थानियलाई पारिवारीक वातावरण सहित शान्त होटलमा खाजा नास्ताको व्यवस्था गर्ने लक्ष्य सहित उक्त स्टेशनको सूरुवात गरिएको बताए । उनका अनुसार चिकेन स्टेशन सञ्चालनका लागी करिब ५० देखी ५५ लाख रुपैया लगानी लागिसकेको छ । लगानी गर्ने क्रम अझै जारी रहेको उनले बताए ।

चिकेन स्टेशनमा चिकेनका सम्पुर्ण परिकारहरुका साथै ईन्डियन र चाईनिज परिकारहरु समेत पाईने उनले बताए ।