माघी होम स्टेका थारु समुदाएको दैनिकी फेरीदै

माघी होम स्टेका थारु समुदाएको दैनिकी फेरीदै

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ मा रहेको माघीको थारु समुदायको दैनिकी हिजोआज फेरिएको छ। दैनिक छाक टार्न पनि समस्या हुने गरेका उनीहरु आजभोली जीवन यापनमा सजिलो हुन थालेको बताउँछन् । उनीहरुले अहिले पर्यटन प्रवद्र्धनका लागि गाउँमा होमस्टे (घरबास) सञ्चालन गरेका छन् ।  

थारु भाषा रहन सहन र सस्कृतिको अध्ययन गर्न सकिने माघी होमस्टेमा बिभिन्न समस्या पनि छन् । तर पनि आन्तरिुक पर्यटकहरु मात्रै भएपनि माघी गाउँ घुम्न जाँदा स्थानीयहरुको आय आर्जनमा भने केही सजिलो भएको छ । पहिले आफुलाई बिहान बेलुकाको छाक टार्न निकै समस्या हुने गरेको बताउने सुस्मिता २०७१ साल साउन १० गते बाट होम स्टे सञ्चालनमा आए सगै आफनो जीवनमा नै परिबर्तन आएको होम स्टेका एक जना सदस्य सुस्मिता चौधरीले बताउनुभयो ।

आफु पहिले काम नपाएर बेरोजगार बस्नु परेको तर अहिले महिनाको २० हजार सम्म कमाई हुने गरेको उहाँले बताउनुभयो । उहाँको मात्र होइन उहाँ जस्ता धेरै परिवारको जीवनमा पहिलेको भन्दा खुशियाली छाएको छ । उक्त होम स्टेमा पाहुनाका लागि भनेर १५ ओटा घरमा होम स्टे निर्माण गरिएको छ ।

उक्त होम स्टेमा बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको राम बहादुर चौधरीले बताउनुभयो  । घोडाघोडी सिमसार क्षेत्र अवलोकल गर्न आउने पर्यटकलाई लक्षित गरेर थारु समुदायले होम स्टे गरेको हो । पर्यटकहरुको रोजाइमा पर्न सफल उक्त होम स्टे फस्टाउने क्रममा रहेता पनि स्थानिय सरकारले सहयोग नगर्दा समस्या हुने गरेको उनीहरुले गुनासो गरेका छन । उक्त होम स्टेसम्म पुग्न यातायात सहज छै ।

जाने बाटो समेत कच्ची छ ।यस्तै सञ्चार, बिद्युत र खानेपानी लगायतको व्यवस्था नहुदा पर्यटकलाई समस्या हुने गरेको पाईएको छ । होम स्टेले आफ्नो जीवनमा परिबर्तन ल्याएको बताउँदै होम स्टे गाउँकाी बासिन्दा शुशिला चौधरीले सरकारले पुर्वाधारको विकास गरिदिएको भए अझै पर्यटक आउने सम्भावना रहेको बताउनुभयो । 

पूर्व–पश्चिम राजमार्गमा रहेको घोडाघोडी तालबाट झण्डै एक किलोमिटर पश्चिमबाट माघी पुग्न उत्तरतर्फ चार किलोमिटर लामो आधा ग्राभेल र आधा कच्ची सडक हिड्नुपर्छ । माघी होम स्टे गाउँका अरु आकर्षणमा चर्चित सीता कुण्ड, विश्वमै दुर्लभ रुपमा पाईने चरा, स्थानीयले सिंचाईका लागि निर्माण गरेको टेङ्गना बाँध लगायत रहेका छन ।

होम स्टे सुविधा अहिले १५ घरमा मात्र छ । पर्यटकको संख्या बढ्न थालेपछि अन्य घरमा पनि यो ब्यवस्था गरिने होम स्टेको संचालक समितिका अध्यक्ष शोभाराम चौधरीले बताउनुभयो । पुर्वाधारको बिकास र प्रचार प्रसार हुने हो भने होम स्टेको मुहार नै फेरीने उहाँले बताउनुभयो ।

होम स्टेमा पाहुनाका लागि स्थानीय खानाका परिकारका साथै मनोरञ्जन दिन थारु नाचको समेत व्यवस्था गरिएको छ । माघी गाउँ भएर बग्ने सानो खोला, चराहरुको चिरिबिरी आवाजले घुम्न आउने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन्। त्यसैले पुर्वाधारको बिकास र त्यस क्षेत्रको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।