प्रदेश राजधानीको नगरपालिका भएकाले पूर्बाधारको लागी धेरै काम गर्नुपर्नेः सांसद बलायर

प्रदेश राजधानीको नगरपालिका भएकाले पूर्बाधारको लागी धेरै काम गर्नुपर्नेः सांसद बलायर

धनगढी । कैलाली ४ का सांसद बिर बहादुर बलायरले यस क्षेत्रका समस्यालाई आफुले संसदमा निरन्तर रुपमा उठाइरहेको बताएका छन । मंगलबार काँग्रेस को  गोदावरी नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

बजेटमा यस क्षेत्रका धेरै योजना समाबेश गर्न खोजेको छु, मन्त्रीहरु सँग कुरो भएको छ  तर अहिले भन्न मिल्ने अबस्था छैन किन भने फेरी यस्तो भनेको थियौ बजेटमा त आएन नि भनेर प्रतिपक्षका साथीहरु भन्दा हाम्रै साथीहरु भन्न थाल्छन त्यसैले अहिले म केही भन्दिन। बलायर ले भने।

उनले योजना माग गर्न कांग्रेस कै स्थानिय नेताहरुले खासै चासो नदेखाएको दुखेसो पोखे।

उनले भने (ुप्रदेश सरकारका योजनामा कांग्रेसका कुनै मान्छेको निबेदन देखेको छैन। कृषक को कुनै निबेदन छैन , मन्दिर माग गर्न पर्यटनमा कुनै निबेदन छैन । अझै समय छ त्यसैले सबै लाग्नुस । त्यसै माग गरेर हुन्छ योजनाबद्द रुपमा जानु पर्‍यो।

उनले यो नगरपालिका प्रदेश राजधानीको नगरपालिका भएकाले यसको पूर्बाधारको लागी धेरै काम गर्नुपर्ने बताए। उनले संसदमा यस क्षेत्रका समस्याहरुको बारेमा जानकारी गराएर पुरै देशलाई बताएको जिकिर गरे ।

उनले प्रदेशको राजधानीमा भौतिक संरचना निर्माणको निर्णय पनि छिट्टै हुने बताए । उनले आफ्नो कार्याकालको ५ बर्ष भित्र धेरै कुरा गर्न सकिने तर त्यसको लागी सबैको सहयोग आबश्यक रहेको बताए।

रास्वपाका सभापती रबी लामीछाने प्रति संकेत गर्दै काँग्रेस प्रदेश सभापति समेत रहेका बलायरले भने,ु देशको नागरिकता त्यागेको हो कि होइन ,नागरिकता जलाएको हो कि होइन , अर्को देशको नागरिक भएको मा गर्व गरेको  हो कि होइनरु हामी जेल जाँदाखेरी यो देसको परिबर्तनको लागी लडदै गर्दा उँहाहरुको के योगदान थियो ? अँध्यारो कोठामा कम्युटर अगाडि बसेर हाम्रो नेतृत्व माथी प्रहार भए हामी पनि सडकमा आउने छौं।ु

उनले अब कांग्रेस पनि सच्चिनु पर्ने बताए । उनले काँग्रेस जानुपर्ने चिसापानी तिर तर गड्डाचौकी तिर गएर गन्तव्य नपुगिने बताए । 

उनले भने काँग्रेसले आफुलाई मौजुदा परिस्थितिबाट अलग नगरे त्यहाँ पनि प्रतिबाद हुन्छ । हामिले जानू चिसापानी छ गड्डाचौकी तिर गएर हुदैन , चिसापानी तिरै जानुपर्छ । त्यसको लागि कांग्रेस तल देखि माथी सम्म सच्चिनु पर्छ ।