‘कृषि हाट तथा थोक बजार’ का ६० कृषकहरूलाई त्रिपाल र क्रेट वितरण

‘कृषि हाट तथा थोक बजार’ का ६० कृषकहरूलाई त्रिपाल र क्रेट वितरण

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा सञ्चालित कृषि हाट तथा थोक बजारका कृषकहरूलाई सामाग्री  वितरण गरीएको छ ।

व्यवसायीक सेवा प्रदायक सञ्जालका संयोजक तथा कृषि शाखा प्रमुख जनक धामीले कृषकहरूलाई सामाग्री वितरण गरेका  हुन् । ६० जना कृषकहरूलाई एकएक वटा त्रिपाल र  क्रेट वितरण गरीएको छ ।

अस्थाई रुपमा संचालन भइरहेको कृषि हाट तथा थोक बजारका कृषकहरूलाई विक्री वितरणमा केही राहत पुगोस् भन्ने उद्देश्यले त्रिपाल र क्रेट वितरण गरीएको बताईएको छ ।

मङ्गलवार ती सामाग्रीहरू कृषि हाट बजारका कृषकहरूलाई वितरण गरीएको हो ।
 
स्थायी टहरा नहुँदा  कृषकहरू त्रिपाल टाँगेर आफ्ना कृषि जन्य उत्पादनहरू विक्री वितरण गरीरहेका छन् । सुखडमा हरेक हप्ताको शनिवार र मङ्गलवार कृषि हाट बजार लाग्ने गर्दछ ।