चौकीडाँडामा सडक अवरुद्ध

चौकीडाँडामा सडक अवरुद्ध

धनगढी । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ स्थीत चौकीडाँडामा वादी समुदायका व्यत्तिले सडक अवरुद्ध गरेका छन् ।

सोमबार डिभीजन वन कार्यालय कैलालीले चौकीडाँडा सामुदायिक वन र बडीमालीका सामुदायिक वन अतिक्रमण गरी बनाईएका घर टहरा हटाएको थियो ।

घर टहरा भत्काएपछी आफुहरुको जाने ठाँउ कहिँ नभएको भन्दै उनीहरुले आज बिहानै सडक अवरुद्ध गरेका हुन् । उनीहरुले हाम्रा पुरा माग पुरा गर,वादी समुदायका व्यवस्थापन गर लगायतका नारा लगाईरहेका छन् ।