एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको पत्र, नगरे कारबाही

एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको पत्र, नगरे कारबाही

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सञ्चालमा रहेका र सञ्चालनमा ल्याउन लागेका एम्बुलेन्स सञ्चालकहरुलाई अनुमति लिन र नवीकरण गर्न भनेको छ।

मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै ३५ दिन भित्र एम्बुलेन्स अनुमति र नवीकरण गर्न भनेको हो। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालन अनुमति तथा दफा ९ मा हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। तर उक्त व्यवस्था विपरित कतिपय एम्बुलेन्स सञ्चालकले अनुमति र नवीकरण नगरिक सञ्चालन गरेको बुझिएको भन्दै मन्त्रालयले ३५ दिन भित्र निर्देशिका अनुसार अनुमति र नवीकरण गर्न अनुरोध गरेको हो।

मन्त्रालयले तोकिएको समयभित्र अनुमति र नवीकरण नभएका एम्बुलेन्स कारबाहीमा पर्ने पनि सूचनामा उल्लेख गरेको छ। मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन अनुसार कारबाही गर्ने तयारी अगाडि बढाएको हो।