दुनाटपरी उद्यमी बन्दै ग्रामीण महिला

दुनाटपरी उद्यमी बन्दै ग्रामीण महिला

धनगढी । कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफू मात्र उद्यमी हुनुभएको छैन, आफ्नो सीप धेरैलाई बाँडेर अरूलाई समेत उद्यमी बनेकी छिन्। 

नवलपरासीमा जन्मे हुर्केकी सरिताले उतै छँदा सानैमा दुनाटपरी बनाउन सिकेकीछन। विवाहपछि फूलबारी पुग्नुभएकी सरिताले सुदूरपश्चिममा दुनाटपरी व्यवसायलाई उद्योगकै रूपमा अगाडि सारीकी हुन। २०७४ सालमा साथीहरूसँग मिलेर साँझेदारीमा उनले उद्योग सञ्चालन गरीन। “केही समय तीन जना मिलेर उद्योग चलाएका थियौँ पछि मलाई एक्लै गर्न मन लाग्यो, २०७५ सालदेखि न्यू फूलबारी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएँ” सरिताले अनुभव सुनाईन्। 

“मैले सिकेको सीप अहिले धेरैले सिकिसकेका छन्, उद्यमी बनिसकेका छन्, आफ्नो सीप अरूलाई पनि बाँडी रहेका छन्।” दुनाटपरीको तालिम दिन घोडाघोडी नगरपालिका–१, सुखडमा पुग्नुभएकी सरिताले महिलामा जाँगर र गर्छु भन्ने आत्मविश्वास भए सजिलै उद्यमी बन्न सकिने बताउनुभयो। वन क्षेत्र प्रशस्त भएको कैलाली–कञ्चनपुरका महिलाले दुनाटपरी उद्योग सानो लगानीमा सजिलै सञ्चालन गर्नसकिने अनुभव उनले सुनाईन। उनले भनिन्, “मैले ५० हजार रुपियाँ लगानीमा उद्योग सञ्चालनमा ल्याएकी हुँ, फुर्सदको समयमा उद्योगमा काम गर्छु, अरू दिदीबहिनेले पनि रोजगारी पाएका छन्।” 

सरिताले भारतबाट आउने प्लास्टिकका दुनाटपरी विस्थापित गर्न र वातावरण मैत्री स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउन सबैको सहयोग र जिम्मेवारी रहेको बताए। उहाँ पूर्वपाँचथरदेखि सुदूरपश्चिमका दार्चुला, बैतडीसम्म दुनाटपरी बनाउने तालिम दिन पुग्नुभएको छ। अहिले उहाँले तालिम दिएका धेरै महिला उद्यमीसँगै आफूले सिकेको सीप अरूलाई समेत तालिम दिएर उद्यममा जोडेका छन्।

घोडाघोडी नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले नगर सरकार विस्तारै प्लास्टिकका सामान प्रयोग विस्थापन गर्ने कार्यमा लाग्ने बताईन। उनले नगरपालिकाले समेत महिला उद्यमशीलताका कार्यक्रममा जोड दिँदै आएको बताउँदै महिला उद्यमीले उत्पादन गरेका दुनाटपरी प्रयोगमा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट प्लास्टिकजन्य सामग्री हटाई सालको पातबाट बनेका दुनाटपरी प्रयोग गर्न आह्वान गरीन।