धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय तरूण जोशी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय १० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगसहित फेला पारी पक्राउ गरेको हो।