बसर युवा क्लबद्धारा शैक्षिक सामग्री हसतान्तरण

बसर युवा क्लबद्धारा शैक्षिक सामग्री हसतान्तरण

धनगढी । कैलालीको चुरे गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

बसर युवा क्लबले गाउँपालिकाको श्री आदर्श आधारभूत विधालय र श्री जनकल्याण आधारभूत विधालय शान्तिपुर दुई वटा विधालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए । 

अध्यक्ष देउवाले भने,-बिद्यालयमा रहेका गरिब र जेहेन्दार विद्यार्थीलाई हामीले शैक्षिक सामग्री वितरण गरेका छौं । गरिब जेहेन्दार बिद्यार्थीहरु सानो भए पनि सहयोग गर्न पाउँदा हामी खुसी भएका छौं । 
क्लब समाज रुपन्त्रणका लागी बिभिन्न क्षेत्रमा काम गर्दै गर्दै आएको छ । 

May be an image of 10 peopleMay be an image of 9 peopleMay be an image of 8 people and textMay be an image of 5 people, people smiling and text