बाल विकास मावि गोलाई बझाङको अविभावक भेला सम्पन्न

बाल विकास मावि गोलाई बझाङको अविभावक भेला सम्पन्न

बझाङ । जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालले शैक्षिक क्षेत्रमा गुणस्तर बृद्धिका लागि शिक्षक अविभावक र समाजले मिलेर अगाडी वढ्नु पर्ने वताउनु भएको छ । 

बाल विकास माध्यमिक विधालय जयपृथ्वी नगरपालिका ४ गोलाई बझाङको अविभावक भेलामा वोल्दै नगरप्रमुख बजालले वताएका हुन् । कार्यक्रममा वोल्दै बजालले पछिल्लो समय नगर पालिकाको शिक्षा युवा तथा खेलकुद शाखासॅग समन्वय गरेर नगरको शिक्षा निती वनाउन लागि परेको बताए। 

पछिल्लो समय सामुदायिक विद्यालयमा विधार्थीको चाप घट्नुमा शिक्षकमात्र दोषि देखाउने प्रवृति बढेकाले शिक्षकसॅग सॅगै अविभावकहरुले पनि आफ्ना वालवालिका तथा  विधालयको वातावरणको नियमित अनुगमन तथा रेखदेख गरिनुपर्ने वताए।

त्यसैगरी कार्यक्रममा वोल्दै नगरपालिकाका शिक्षा अधिकृत निरज प्रशाद रेग्मीले नगरपालिकाले शिक्षाको गुणस्तर बृद्दीका लागि केहि ठोस योजना ल्याउन लागेकाले  सो कार्यमा सहयोग पुगाउन सवैसॅग आग्रह गरे।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयलाल उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख वजाल प्रमुख अतिथि रहेका थिए । वडा नम्बर ४ का वडाध्यक्ष ईश्वर वहादुर खाती, नगरपालिकाको शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मी, नगरपालिकाका लेखा अधिकृत लाल वहादुर खाती, जयपृथ्वी नगरपालिका  शिक्षक महासंघका अध्यक्ष हितराज जोशी विशिष्ट अतिथि रहेका थिए । 

कार्यक्रममा  अविभावक भेलावाट नया विधालय व्यवस्थापन समिति चयन गरिएको छ । नवगठित समितिमा अविभावक मध्येवाट गगन वहादुर खाती,किरण वहादुर ओड, पदमा देवी उपाध्याय र जुनि ताम्राकारलाई सदस्यमा सर्वसम्वत चयन गरिएको छ । त्यस्तै  शिव विष्टको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अविभावक संघ पनि गठन गरिएको छ ।