पत्रकार चन्दद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

पत्रकार चन्दद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

डोटी । नेपाल टेलिभिजन डोटी संवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखा कार्यसमिति  सदस्य एकेन्द्र चन्दले आफुले अध्ययन गरेको बिधालयमा शैक्षिक सामाग्री बितरण गरेका छन् । 

जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको गौरीशंकर आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेका छ्न । पत्रकार चन्दले न्यून आयस्तर भएका विद्यार्थी,आमा बुवा गुमाएका विद्यार्थीहरुलाई स्कुल  पोसाक र अन्य बिद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री बितरण गरेका हुन । 

आर्थिक अवस्था कमजोर भएका र आमाबुबा गुमाएका विद्यार्थीहरुलाई केही समयलाई भए पनि पढाईमा सहजता होस भन्ने हेतुले आफुले  शैक्षिक सामाग्री बितरण गरेको पत्रकार चन्दले बताए ।