सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २०० र तेजावी सुनको मूल्य १ लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ९०० र तेजावी सुनको मूल्य १ लाख १० हजार ३५० रुपैयाँ तोकिएको थियो ।

२१ वैशाखमा सुनको मूल्यले नयाँ रेकर्ड कामय गरेको थियो । सो दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने २१ वैशाख यता स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ । २० वैशाखमा चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।