बेंग्लोरले २ सय रन पनि जोगाउन सकेन, मुम्बई ६ विकेटले विजयी

बेंग्लोरले २ सय रन पनि जोगाउन सकेन, मुम्बई ६ विकेटले विजयी

एजेन्सी । इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

वाङ्खडे स्टेडियममा बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १७ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । उसका सूर्यकुमार यादवले ३५ बलमा ८३ रन बनाए भने नेहाल वाधेराले ५२ रन जोडे ।

इशान किसनले २१ बलमा ४२ रन बनाए । बेंग्लोरका विनिन्दु हसरंगा र विजयकुमार वैशाखले २र२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लोरका लागि कप्तान फाप डु प्लेसिसले ६५ तथा ग्लेन म्याक्सवेलले ६८ रन जोडे ।

जितसँगै मुम्बई ११ खेलमा १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बेंगलोर भने ११ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।