बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा ।  बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४. १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । 

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।