बैतडीको केदार आधारभुत विद्यालयमा शिक्षक नियूक्तमा ढिलाई

बैतडीको केदार आधारभुत विद्यालयमा शिक्षक नियूक्तमा ढिलाई

धनगढी । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ स्थित केदार आधरभुत बिद्यालय, जालहाल्लामा करारमा शिक्षक नियूक्त हुन सकेको छैन् ।

प्रथम पटकको नतिजाबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्षको आशंका बढेपछि दोस्रो पटक परीक्षा मिति तोकेपनि अघि नबढाउँदा शिक्षक नियूक्तमा ढिलाई भएको हो ।

गत माघ २२ गते १ हप्तासम्मको बिज्ञापन खालेर फागुन १६ गते शिक्षक नियूक्तका लागि परीक्षा लिएको थियो । तीन जना परीक्षार्थि सहभागि भएकोमा सन्तोषी मल्ल चंन्दले एक सय पुर्णाङ्कमा सय ल्याएकी थिइन् । सो नतिजामा अध्यक्ष चन्दको चित्त नबुझ्दा दोस्रो पटक परीक्षाका लागि सूचना निकालिएको विद्यालयले जनाएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर चन्दले रोष्टर वा बिद्यालयका स्टाफहरुलेनै प्रश्न पत्र परीक्षाभन्दा अगाडिनै बाहिर दिएका कारण दोस्रो बिज्ञापन खोल्नुपर्नै अवस्था आएको बताए । 

विद्यालयले दोस्रो पटक सूचना निकाल्दै बैशाख १४ देखि १९ गतेभित्र आवेदन माग गरेको थियो । सो विज्ञापन अनुसार पहिलो परीक्षामा सबैभन्दा बढी पूर्णाक ल्याउने सन्तोषीले  आबेदन दिएकी थिइन् । परीक्षाका लागि सम्पर्क २० गते रहेपनि अहिलेसम्म अघि बढेको छैन् ।

परीक्षार्थी सन्तोषीले सुरुको बिज्ञापनको परीक्षामा आफु उत्र्तीण भएको र परिश्रम अनुसारको फल नपाएको बताउदै—‘म परीक्षामा उत्र्तीण भएकै हुँ । अध्यक्षले मलाई १०० पुर्णाङ्कमा १०० नम्बर ल्याएकी थियौ भन्दैथे । तर, नतिजा प्रकाशन सूची पनि बिद्यालयको सूचनापाटीमा टाँगिएको थिएन । अनि दोस्रो बिज्ञापनमा पनि मेरो मात्र निबेदन परेको थियो । बिज्ञापनको म्याद सकिएपछि अध्यक्षले सम्पर्क मितिकै दिन अरु दुई निबेदन बुझेका थिए । 

उनले अध्यक्ष चन्दले आफनो निवेदन नपरेको भन्दै शिक्षक नियूक्तमा अल्मलाईरहेको बताइन । उनले भनिन ‘विद्यालयमा शिक्षकका लागि मैले आवेदन दिएको थिए । तर, प्राधानाध्यापकमार्फत हस्ताक्षर गराएको र हस्ताक्षर नमिलेको भनेर उल्टै मलाई जवाफ दिईयो ।’

२० गते सम्पर्क मितिकै दिन बिब्यस अध्यक्ष चन्दले २ ओटा बिज्ञापन आफुखुसी समाबेस गराएका उक्त बिद्यालयका प्रध्यानाध्यापक रामबहादुर चंन्दले बताए । उनले भने—‘बिब्यस अध्यक्ष चन्दले प्रश्नपत्र बाहिरिएको कुरा झुटो हो । म प्रश्नपत्र बनाउने मान्छे पनि होईन म जहिले अध्यक्षसँगै थिँए । मैले प्रश्नपत्र बाहिर्याएको गरेको होईन ।’

बिज्ञापनको परीक्षा पनि नलिईएको र तत्कालका लागि दोस्रो बिज्ञापनको परीक्षा स्थगित गरिएको बताउदै बिब्यस अध्यक्ष चन्दले भने—‘सुरुको बिज्ञापनको परीक्षा गत फागुन १६ गते भयो । त्यतिबेला रोष्टर वा प्रधानाध्यापक तथा बिद्यालयकै सहकर्मीहरुले प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडी नै बाहिर्याएका कारण परीक्षार्थी सन्तोषी मल्ल चंन्द उत्र्तिण भएकी हुन् । त्यही भएर हामीले दोस्रो पटक बिज्ञापन खुलाएका हौँ । तत्कालका लागि दोस्रो बिज्ञापनको परिक्षा स्थगित गरेका छौँ । अव गाउँपालिकाबाट शिक्षा अधिकृतलाई बोलाएर छलफल गरेर मात्र शिक्षक नियूक्त गछौँ ।’