थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१६ जनामा कोरोना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । आज १२ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।