लागुऔषध गाँजासहित २ जना महिला पक्राउ

लागुऔषध गाँजासहित २ जना महिला पक्राउ

झापा । प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट २ महिला पक्राउ परेका छन् । दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक,प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ५ सुकुम्वासी बस्ती बस्ने वर्ष ६० की सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । दुबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।