अछाममा ५ सामुदायिक विद्यालय मर्ज

अछाममा ५ सामुदायिक विद्यालय मर्ज

अछाम । अछाममाउनले विद्यार्थी सङ्ख्या न्यून भएका ५ ओटा सामुदायिक विद्यालय मर्ज गरिएका छन । विद्यार्थी कम हुँदै गएपछि चौरपाटी गाउँपालिकामा सञ्चालित ५ वटा सामुदायिक विद्यालय पूर्ण रुपमा मर्ज गरिएका हुन ।

बैशाख २९ गते बसेको कार्यपालिका बैठकले वडा नम्बर १ को धु्रवतारा आधारभूत विद्यालयलाई सिउडी माध्यमिक विद्यालय, वडा नम्बर ४ का सुर्योदय र नागातोला आधारभूत विद्यालयलाई बैद्यनाथ माविमा र वडा नम्बर ५ को कर्मलोक र ठुलाढंगा आधारभूत विद्यालयलाई दयापिपलतोला माध्यमिक विद्यालयमा मर्ज गरिएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले संघिय सरकारले बनाएको मापदण्ड अनुसार समायोजन गरिएको जानकारी दिए ।