हतियारसहित एक भारतीय पक्राउ

हतियारसहित एक भारतीय पक्राउ

जनकपुरधाम । महोत्तरीमा हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्लाको बाजोपट्टी गाउँ वडा नं. ६ बस्ने २६ वर्षीय पप्पु यादव छन् ।

शनिबार राति पौने ९ बजेको समयमा महोत्तरीको एकडरा गाउँपालिका ४ हल्खोरी बजारस्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

पक्राउ परेका यादवको साथबाट होममेड इन इण्डिाय लेखिएको १ थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली बरामद भएको प्रवक्ता गिरीले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।