बाबुराम भट्टराईले  रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिए

बाबुराम भट्टराईले  रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिए

धनगढी । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डमा दोषी ठहरिएपछि जन्मकैद काटिरहेका रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका  छन् ।  

‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानुन, नजिर, सोँच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच र मान्यता र विधि स्थापित गर्न खोज्छन्’, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार बिहान ट्विट गरेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम ।’