म्याग्दी । चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिला चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले बताए ।
छोरीको घरमा आएकी जगदेवी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । उनले भने बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए । मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले बताए ।
घटनाको जानकारी पाउँदासाथ इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक पन्तको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल मुचुल्का बनाएर सबलाई बेनी अस्पतालमा पठाएको उनले बताए ।