आईपीएल : दिल्लीले पञ्जाबलाई १५ रनले हरायो

आईपीएल : दिल्लीले पञ्जाबलाई १५ रनले हरायो

काठमाडौँ । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को समूह चरणबाट नै बाहिरिएको छ। 

धर्मशालामा रहेको एचपीसीए मैदानमा पञ्जाब किंग्स दिल्ली क्यापिटलसँग १५ रनले पराजित भएको हो। 

दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनायो। 

प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौँ स्थानमा छ। 

हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पञ्जाब १३ खेलबा६ १२ अंकका साथ आठौँ स्थानमा छ।