बैतडीका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा

बैतडीका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा

बैतडी । बैतडीमा विद्यालयका बालबालिकाहरुलाई आयुर्वेद तथा योग शिक्षा दिइएको छ । दशरथचन्द नगरपालिकाको आयुर्वेद शाखाले शिवस्थली मावि जर्गका विद्यार्थीहरुलाई आयुर्वेद र योगका बारेमा जानकारी दिन शिविर सञ्चालन गरेको हो । 

यही जेठ १ गतेदेखि ५ गते सम्म शिविरको आयोजना गरेर विद्यार्थीहरुलाई योगका बारेमा जानकारी दिइएको दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले जानकारी दिए । शिविरमा स्थानीयस्तरमा भएका जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा समेत जानकारी दिइएको छ । यसका साथै स्थानीयस्तरमा पाइने जडीबुटीहरुको संरक्षणका बिषयमा समेत जानकारी दिइएको उनले बताए । 

योग शिविरमा विद्यार्थीहरुलाई योगासन, प्राणायाम, सूर्य नमस्कार लगायतका योगाभ्यास गराइएको कलौनीले बताए । उनले भने ‘विद्यार्थीहरुलाई योगका बारेमा जानकारी दिएर उनीहरुलाई स्वस्थ जीवनशैलीका बिषयमा जानकारी दिनका लागि हामीले शिविर सञ्चालन गरेका हौं ।’

योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीहरुलाई शिविरमार्फत योग शिक्षा दिइएको आयुर्वेद औषधालय शाहीलेकमा कार्यरत कविराज आरती साउँदले बताइन् । शिविर सञ्चालन गरेर विद्यार्थीहरुलाई योग शिक्षाको महत्वका बिषयमा समेत जानकारी गराइएको उनले बताइन् । 

आयुर्वेद औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावको बारेमा जानकारी दिनका लागि विद्यालयमा योग शिविर सञ्चालन गरिएको आयुर्वेद औषधालय शाहीलेकका वैद्य निरीक्षक नरेन्द्र कलौनीले बताए । उनले भने ‘योग शिक्षा अन्य विद्यालयहरुमा समेत विस्तार गर्न सके योगका बिषयमा धेरै प्रचारप्रसार हुनेछ । यसले योगको महत्वका बिषयमा सबैलाई जानकारी पनि हुनेछ ।’